सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनचाँदीको मूल्य बढेको हो ।

बुधबार सुन तोलाको एक सय रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *