कोशी प्रदेश नामकरण उत्कृष्ट छ: माधव नेपाल

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण राम्रो भएको बताउनु भएको छ ।

प्रदेश नामाकरणपछि त्यसलाई फेर्न माग गर्दै केही समूहले आन्दोलन गरिरहेको बेला पूर्व प्रधानमन्त्री नेपालले बुधबार इटहरीमा पार्टीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताउनुभएको हो । 

‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्‍यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो’, उहाँले भन्नुभयो–  ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ । यसले राम्रो भएको छ ।’

अध्यक्ष नेपालले  कोशीको नाम बहुमत सदस्यले पास गरेको कारण जातीय द्वन्द्व रोकिएको धारणा व्यक्त गर्नुभयो। यसले राम्रो सन्देश गएको उहाँको भनाई छ ।

कोशी प्रदेश सचिवालयले पोजेटिभ तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको अध्यक्ष नेपालको धारणा छ । यता प्रदेश एकको नाम कोशी प्रदेश राख्ने भन्ने विषयमा भने नेकपा एकीकृत समाजवादीले विपक्षमा मत हालेका थिए ।

कोशी प्रदेशले पहिचान नसमेट्ने भन्दै नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले भने ‘किराँत, लिम्बुवान, शेर्पालुङ’ प्रदेशको प्रस्ताव गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *