पानीमा डुबेर ७२ जनाकाे मृत्यु

एजेन्सी । फिलिपिन्समा पानीमा डुबेर ७२ जनाकाे मृत्यु भएकाे छ । फिलिपिन्सकाे राष्ट्रिय प्रहरीका प्रवक्ताले दिनुभएकाे जानकारी अनुसार याे महिनाको शुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको हाे ।

क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौँ मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन्।

फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताएका छन्।

मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरू रहेका छन्।

फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *