शेयर बजारमा गिरावट

काठमाडौं  । २०७९ सालको अन्तिम दिन शेयर कारोबार घटेको छ ।  बुधबार उत्साहजनक रुपमा उकालो चढेको शेयर कारोबार  आज फेरि ओरालो लागेको हो ।  साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले घटेर कारोबार बन्द भएको छ ।

मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने राष्ट्र बैंकको संकेत र १ वैशाखबाट निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै बुधबार नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । तर त्यो उत्साह दुई दिन पनि टिकेन । २०७९ सालको अन्तिम दिन  नै नेप्सेमा निराशा आएको छ । बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले घटेर  १९३४.४७ अंकमा बन्द भएको छ । बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले घट्दा उत्पादनमूलक उपसूचक २.३३ प्रतिशतले घटेको छ ।  बजारलाई प्रतिनिधित्व गर्ने बैंकिङ उपसूचक पनि १.५६ प्रतिशतले घटेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिएको छ । बुधबार १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा बिहीबार भने घटेर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा झरेको छ । ४४ हजार ७ सय ८ वटा कारोबारमा ४९ लाख १३ हजार ७ सय २ कित्ता धितोपत्र खरिद हुँदा त्यो रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ६ करोडको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार हुँदा १ सय ८६ कम्पनीको शेयर मूल्य समेत घटेको छ ।  २८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ४ कम्पनीको शेयर मूल्य घटेको छ । बिहीबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको शेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको शेयरमूल्य  भने ७.९५ प्रतिशतले वृद्धि भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको सेयरमूल्य ४.७५ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ४.५० प्रतिशतले झरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us