नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध हुनुभएको छ । वरिष्ठ उपाध्यक्षका अर्को आकांक्षी उमेशलाल श्रेष्ठले अन्तिम चरणमा अञ्जनलाई सार्थन जनाएपछि उहाँ निर्विरोध हुनुभएको हो । 

पहिलो चरणको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि अञ्जन  र उमेशलालबीच प्रतिस्पर्धा हुने स्थिति बनेको थियो । 
तर, उहाँहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित मतदानपछि सारिएको थियो । सहमति समय अवधिमा अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने जनाएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।  निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ ।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउनु भएको थियो । ेउहाँका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।  ३०.४६ प्रतिशत मत पाउनुभएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएनु भयो । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार ३ वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो कार्यकालमा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us