दलहरुको कार्यशैलीमा सुधार आवश्यक छ: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दलहरुको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा उहाँले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आम जनतासामु रहेको बताउदै उहाँलेनेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने दायित्व दलहरुको भएकोमा जोड दिनुभयो ।  संविधान र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको उहाँको भनाइ थियो । 

दलहरुका विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने उहाँको भनाइ थियो । सम्मानित नेता खनालले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us