यौन हिंसा र तेजाव आक्रमण विरुद्ध अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं। यौन हिंसा र तेजाव आक्रमण विरुद्ध सरकारले दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us