पछिल्लो २४ घण्टामा  थप १ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण केही साता यता रोकिएको छैन । पुसदेखि हटेको भनिएको कोरोना संक्रमण केही साता  फेरि बढ्न थालेको हो । 

पछिल्लो २४ घण्टामा  थप १ सय ३६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले १ हजार ४ सय २४ नमूना मध्‍ये १ सय ९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  कोरोना संक्रमण भेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २ सय २७ जनाको एन्टीजेन परीक्षणा गर्दा १ सय २ गरी १ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कोरोनाको संक्रिय संक्रमित ४ सय १ पुगेका छन् । संक्रमितहरु मध्ये ३२ जना संस्थागत आइशोलेशनमा,  ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ६८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । संक्रमण फेरि बढेपछि मन्त्रालयले  कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us