काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिका लगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताउनुभएको हो ।
नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उहाँले बताउनुभयो। भारत–चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उहाँले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने आवश्यकता औंल्याउनुभयो ।
युक्रेनको घटना नेपालका लागि ठूलो पाठ भएको उहाँको भनाइ छ । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने उहाँले बताउनुभयो ।