काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिमण्डल बिस्तार गर्दै कांग्रेस नेता साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको हो ।
नेकपा एकीकृत समाजवादीकी नेत्री नन्दा चपाई पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुनुभएको छ । राज्यमन्त्री चपाईलाई प्रधानमन्त्रीले त्यही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।