शीर्ष नेताबीच बालकोटमा सहमतिको प्रयास जारी

काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  बालकोट पुग्नुभएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसक्नुभएको छ । ओली निवासमा नेताहरूले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नुहुनेछ । छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा सहभागी हुनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us