बुनुको श्रेष्ठको स्वरमा नेपाल भाषाको बहनिया मिला सार्वजनिक

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत बहनिया मिला शनिवार राजानीमा आयोजिक एक समारोहविच म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ। गीतकार प्रकाशदिप श्रेष्ठको शब्द तथा संगीतकार निल शाक्यको संगीत रहेको यो गीत बुनुको पहिलो एकल नेपाल भाषाको गीत हो।

गोकर्ण फरेस्ट रिसोर्टको सुन्दर दृश्यमा छायांकन गरिएको उक्त भिडियोमा बुुनु स्वमका साथमा अभिनेता धिरेन शाक्यको अभिनय रहेको छ।

कार्यक्रममा अभिनेता धिरेन शाक्यले आफूले यस भन्दा अघि पनि विभिन्न नेपाल भाषाका गीतका म्युजिक भिडियो तथा फिल्ममा अभिनय गरेको स्मरण गर्दैै प्रश्तुत भिडियोमा अभिनय गर्दाको अनुभव शेएर गरे ‘लोकेशनमा कप्रोमाईज नगरौं भन्ने हिसाबले गोकर्ण फरेस्ट रिसोर्टमा छायाकंन गरिएको भिडियो गीत जस्तै सुन्दर बनेको छ।

बुनुजीले पहिलो नेवारी एकल गीत यति राम्रो गर्नूहोला सोचेको थिईन। तर, गायनदेखि अभिनयसम्म उ“हाले निकै राम्रो गर्नूभएको छ।

’ बुनुको यो गीतले नेवारी भाषाको गीत संगीतमा योगदान पुयाएको धिरेनले बताए। कार्यक्रममा बोल्ने क्रममा गायिका बुनु श्रेष्ठले आफूले यस भन्दा अघि कयौं नेपाली गीत गाईसकेको भए पनि एकल रुपमा नेपाल भाषाको गीत सार्वजनिक गर्दा खुशी लागेको बताईन्।‘म आफू पनि नेवार भएका कारणले नेपाल भाषामा पनि गीत गाऔं न त भन्ने हिसाबले गाएकी हु“। यो गीतमा हामी सम्पुर्ण टिमले सक्दो मेहनत गरेका छौं र दर्शकबाट राम्रो प्रतिक्रियाको प्रतिक्षामा छौ’ उनले भनिन्।

भूपेन्द्र बज्रचार्यको संगीत संयोजन रहेको गीतमा महेश्वर राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। अनुप चापागाईको निर्देशन तथा प्रेम रसाईलीको कोरीयोग्राफी रहेको म्युजिक भिडियोमा एक युवतीले आफ्नो प्रेमीप्रति दर्शाएको विश्वाश भावलाई सुन्दर तरिकाले प्रश्तुत गरिएको छ। गीतमा प्रेमीकाले आफूलाई प्रेमीले जस्तो नाम दिए पनि स्विकार गर्ने जनाएकी छिन्।नेपाल भाषाको सो गीतमा नेपाली सब टाईटल पनि समावेश गरिएको छ। स्टुडीयो साउण्ड मिल युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडियोमा उत्तम हुमागाईको छायाकन तथा विकास दाहालको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us