मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं। काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएकाे छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हाे ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएकाे प्रत्यक्षदर्शी श्याम पाेखरेलले बताउनुभयाे। झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us