सुनको मूल्य स्थिर

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार १५ रूपैयाँ घटेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us