काठमाडौं । सरकारको सचेतना आव्हान र नागरिकको सतर्कता बाबजुत कोरोना भाइरस संक्रमण नियन्त्रण हुन सकिरहेको छैन । विभिन्न निकायले रोकथामको प्रयास गर्दागर्दै पनि कोरोना संक्रमण बढिरहेको छ ।
कोरोनाको कारण एकैदिन थप २ जनाले जीवन गुमाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घ(टामा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार २ सय ९१ नमूनामध्ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना देखिएको छ । १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण भेटिएको छ ।
योसंगै सक्रिय संक्रमित ३ सय ९७ पुगेको छ । संक्रमित मध्ये संस्थागत आइशोलेशनमा २२, आईसीयूमा ८ र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।