नेपालको विजयी यात्रा शुरु

काठमाडौं ।  एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी यात्रामा शुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै विजयी यात्रा तय गरेको हो । 

मलेसियासँगको खेलमा नेपालले  २३६ रनको लक्ष्य थियो  थियो । त्यसमा ३६, २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ । मलेसियासँगको खेलमा भीम सार्कीले ७१ रन बनाएर नेपाललाई विजयी यात्रामा डोरेयाएका हुन् ।

त्यसपछि कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन जोडे । आसिफ सेख १ रनमा आउट भए । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए ।

 मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३(३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us