ज्यान चोखो नामक लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं । गायकहरु विष्णु थापा धिरज खत्री को साथमा गायिकाद्धोय शान्ति पोखरेल तथा गोमा महतको स्वरमा नया“ लोक दोहोरी गीत ज्यान चोखो हालै डीजीटल बजारमा सार्वजनिक गरिएको छ।चर्चित गीत जाईफूलको बासनाका गायक दिनेश भण्डारीको लय रहेको गीतमा गायक विष्णुको शब्द रचना रहेको छ।

गीतमाथि बनेको आकर्षक भिडियोमा गायक धिरज खत्रीका साथमा मोडलहरु गोविन्द लामा, सन्ध्या सानु तथा करुणा चापागाईको नृत्य तथा अभिनय रहेको छ। हुम गैरेको निर्देशन तथा कविर श्रेष्ठको कोरीयोग्राफी रहेको गीतमा गायकगायिका विष्णु थापा धिरज खत्री, शान्ति पोखरेल तथा गोमा महतलाई पनि फिचर्ड गरिएको छ। लोकेश वलीको छायांकन रहेको भीडीयोलाई हुम गैरेले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us