काठमाडौं । सरकारसँगको सम्झौता कार्यान्वयन नभए काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध हुने भएको छ । बञ्चरेडाँडा र सिसडोल डम्पिङ साइडमा फोहोर व्यवस्थापनमा फेरि अवरोध गरिने भएको हाे । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले बञ्चरेडाँडा र सिसडोलबासीसँगको सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।
ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे माग १५ दिन भित्रमा पूरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर फाल्न नदिने चेतावनी दिएको हो । दुई पालिकाको प्रतिनिधिहरू बुधबार बैठक बसेर १५ दिनभित्र पूरा नभएमा संघर्ष गर्न बाध्य हुने र त्यो अवस्थामा नुर्याउन सरोकारवालालाई अनुरोध गरेको छ ।
१८ वर्षदेखि काठमाडौं महानगरपालिका लगायत १८ नगरपालिकाको फोहोर विसर्जन हुँदै आएको छ । २०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवाला सम्झौता गरेको थियो । जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु सम्झौता भएको थियो । ककनी र धुनिवेशी गरपालिकाले सम्झौता तत्कालै कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोली गठन गरि न्यून प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिब्बडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने समेत माग राखेका छन् ।
दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरि बञ्चरेडाँडाबाट २ किलोमिटर क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने प्रभावितलाई मुआब्जाको प्रकृया तुरुन्त अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।
फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इीआइए गरियो, कति गरियो, कार्यान्वयनको अवस्था कस्तो रहेको छ र कुन कुन निकायबाट त्यो इीआइए गरिएको हो, त्यसबारे जानकारी उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।