भारतीय पर्वतारोहीको उद्धार

काठमाडौं । अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोहीको उद्धार गरिएको छ ।  अन्नपूर्ण सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धार गरिएको हो । 

अन्नपूर्णमा बेपत्ता अर्का पर्वतारोही २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलको यसअघि नै उद्धार  भइसकेको छ । 
अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग अनुराग फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ’ भाइ सुधीरले भनेका छन् ।

हिन्दूस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गएको सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइबाट चिप्लिएर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण विश्वको १० औं अग्लो हिमाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *