बाँके । नेपालगञ्जबाट करिब ५ किलो सुनसहित २ जना प्रकाउ परेका छन् । विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर सुनसहित पक्राउ परेका हुन् । उनीहरुलाई ४ किलो ९ सय २९ ग्राम सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले त्यत्रो सुन कहाँबाट, किन र कसरी ल्याए ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।