रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।  उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकलाई उदृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *