काठमाडौं । सरकारले पत्रकार संगीता खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्त गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई अध्यक्ष नियुक्त गरेको हो। मन्त्रिपरिषद् बैठकले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
पत्रकार खड्काले आफू न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्त भएको पुष्टि गर्नुभएको छ ।