काठमाडौं । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।
गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।
निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ५५ देशका ५ सय चलचित्रबाट छानिएका चलचित्र राम्रा र स्तरीय चलचित्र प्रदर्शन हुने भएकोले दर्शककाका लागि यो अवसर भएको उनले बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।