आगामी निर्वाचनमा गठबन्धनबाटै अगाडि बढ्छौंः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हालको गठबन्धन यथावत रुपमैअगाडि बढ्नेकुरा दोहो¥याउनु भएको छ । आज रिपोटर्स क्लबको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले गठबन्धन अगाडि बढ्नेमा दुईमत नभएको बताउनु भएको हो। वहाँले भन्नुभयो, ‘अन्य दलका नेताहरूले पनि यसमा यसै भन्दै आउनुभएको छ । त्यसैले गठबन्धन अगाडि बढ्छ । आगामी निर्वाचनमा पनि हामी गठबन्धनबाटै अगाडि जान्छौँ ।’

आफ्नो दलले पनि गठबन्धनबाटै अगाडि बढ्ने साझा धारणा बनाइसकेको स्मरण गराउँदै प्रधान मन्त्री देउवाले भन्नुभयो, ‘गठबन्धनले लोकतन्त्र, संविधान र जनतालाई केन्द्रमा राखेको छ । त्यसैले यो देशका लागि चाहिन्छ । यो गठबन्धन अगाडि बढ्छ ।’ वहाँले वैशाख ३०मा हुन लागिरहेको स्थानीय निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us