फेवातालको मापदण्ड तोकियो

काठमाडौं। कास्कीमा प्रत्येक चुनावको एजेण्डा बन्दै आएको फेवातालको मापदण्डको विषयलाई पोखरा महानगरपालिकाले टुंग्याएको छ । फेवातालको मापदण्डका बिषयमा हुने दशकौंदेखिको विवादलाई टुंग्याउने क्रममा महानगरले ६५ मिटर भनिएको फेवाताललको मापदण्ड घटाएर ३० मिटर कायम गरेको छ ।

समयमा मापदण्ड तोक्न नसकेर मानहानी मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मान्दै फेवातालको मापदण्ड ३० मिटर तोकेको छ ।

महानगरको ५५ औं कार्यपालिकाको बैठकले फेवातालसँगै पोखराका सबै तालको मापदण्ड तोकेको हो । बेगनास र रुपा तालको मापदण्ड ५५ मिटर कायम गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us