गठबन्धनका दलहरुबिच चुनावमा मिलेर जाने निर्णय

काठमाडौं। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको छ । बैठकमा स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय भएको हो ।

बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको वहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us