काठमाडौं। रुपन्देहीको सैनामैना ११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्तीमा बनेका १० घर आर्थिक रुपमा बिपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको हो।
सैनामैना नगरपालिकामा चक्रपथ निर्माणको काम सुरु भएपछि नमूना बस्तीको निर्माण गरिएको हो । चक्रपथबाट विस्थापित परिवारको लागि नमूना बस्तीमा स्थापित गर्नको लागि घर बनाईएको थियो । बिहिबार एक कार्यक्रमको आयोजना गरेर सैनामैना नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई घरहरु हस्तानान्तरण गरेको छ ।