काठमाडौं। बिहीबार रिपोर्टर्स क्लवको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताउनु भएको छ। सम्मानित नेता खनालले नेता र जनता सबै जिम्मेवार बने मात्रै संविधानको रक्षा हुने भन्नुभयो।
लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै वहाँले यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताउनु भयो। आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा पनि वहाँले जोड दिनुभएको छ। हामीले १० वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौं। यो एउटा राम्रो संविधान बनेको छ। यद्यपी संविधान कुनै पनि अन्तिम हुँदैनन्। यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन। तर, सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ, वहाँले भन्नुभयो। वहाँका अनुसार यो संविधानमार्फत् हामीले ०६२र०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत भएको छ।