एआईजी बढुवाविरुद्ध सर्वोच्च पुगे २ डीआईजी

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद वैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की रिट निवेदन बोकेर सर्वोच्च पुगेको बताइएको छ ।

अर्का डीआईजी ईश्वरबाबु कार्कीले आफु पनि सर्वोच्च जाने तयारीमा रहेको बताए । यसअघि तीनजनै डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो । बढुवाविरुद्ध कानुनी प्रक्रियामा जाने तीनजनै डीआईजीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन । उनीहरु आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us