२४ अंकले घट्यो नेप्से

काठमाडौं। आज सेयर बजारको परिसूचक नेप्से करिब २४ अंक घटेको छ । २३.९५ अंक घटेपछि परिसूचक २५४४ अंकमा कायम हुनुका साथै १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो । ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् ।

बैंकिङ ६, होटल तथा पर्यटन ७९, विकास बैंक १०३, जलविद्युत ५६, फाइनान्स ५७, निर्जीबन बीमा ३९, उत्पादन २७, अन्य २६ र माइक्रोफाइनान्स ४५ र जीवन बीमा उपसमूह १७९ अंक घटे । इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट र युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशत बढी घट्यो । कारोबार रकमका आधारमा इमर्जिङ नेपाल, एभरेष्ट इन्स्योरेन्स, नागरिक लगानी कोष, नबिल बैंक र युनियन लाइफ क्रमश सबैभन्दा अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us