एक खेल अगावै श्रृंखलाको फाइनलमा नेपाल

काठमाडौं । नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी२० श्रृंखलाको खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनी करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।
सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा पहिलो टी२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us