काठमाडौं। पछिल्लो २४ घण्टामा ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज हुनुका साथै कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् र निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।