काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत भएको खेलमा चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्टसँग पराजित भएको छ।
बिहीबार भएको खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो। लखनउका लागि क्विन्टन डि ककले ६१, एभिन लेविसले ५५, केएल राहुलले ४० रन बनाए। चेन्नईले लगातार दोस्रो खेलमा पराजयको सामना गरेको हो। लखनउको लागि भने दोस्रो खेलमा यो पहिलो जित हो।
विशाल स्कोर खडा गर्ने क्रममा चेन्नईका रोबिन उथप्पाले ५०, शिवम दुबेले ४९, मोइन अली ३५ र अम्बाती रायडूले २७ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको लखनउले शानदार ब्याटिङ गर्दै १९ ओभर ३ बल खेलेर लक्ष्य पूरा गर्यो।