लोकल सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने, लामो दुरीको भने आईतबारबाट लागू हुने

काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ । 

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो । आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक भएपछि मात्र सूची लागू हुने उहाँले बताउनुभयो । स्थानीयस्तरमा चल्ने लोकल सवारीसाधनको भाडा भने नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us