९ हजार नमुना परीक्षण गर्दा १२६ जनामा मात्रै संक्रमण, ९८ प्रतिशत संक्रमितले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा १२६ संक्रमित थपिएका छन् । 

करिब ९ हजार नमुना परीक्षण गर्दा १२६ मात्रै संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

शुक्रबार ३८५ संक्रमित निको भएका छन् । निको हुने दर ९८ प्रतिशत छ । 

अब संक्रमितमध्ये २ प्रतिशत मात्रै निको हुन बाँकी छन् । हाल देशभर ७ हजार २४२ संक्रमित संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us