राजावादी दलसँग साँठगाँठ गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धनका विषयमा छलफल भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच नेपालगञ्जमा  भेटवार्ता भएको छ । बिहीबार राति  दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । 

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण मानिएको छ । महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us