काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ ।
प्रधानमन्त्री देउवाकै सिफारिसमा नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिनुभएको हो ।
प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार अपरान्ह छिमेकी देश भारत प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने प्रशासनिक कामको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिइएको जानकारी गराइएकाे छ ।