काठमाडौं । हरिवन नगपालिकाको प्रमुखमा रामहरि न्यौपानेले दावी गर्नुभएको छ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि नेता न्यौपानेले दाबी गर्ने देखिएको हो ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा इमान्दारीसाथ सक्रिय न्यौपाने शाहस र हिम्मत भएका,मतदाताले विश्वास गरेको शिक्षित, असल,सक्षम,समाज सेवी,मिलनसार जनप्रिय र भिजन भएको ब्यक्तित्व बेजोड प्रसतुती दिन सक्ने युवाहरुको ढुकढुकी रुपमा परिचित हुनुहुन्छ ।
हरिवन नगरपालिकाकै वडा नम्बर ८ को वडा अध्यक्षमा भने पञ्चा लामाले दावी गरेका छन् । युवाहरुमाझ लोकप्रिय लामाले हालसालै कांग्रेस प्रवक्ता प्रकाशशरण महत उपस्थित कार्यक्रममा २०० भन्दा बढी युवालाई नेपाली कांग्रेस प्रवेश गराएका थिए। यसै गरी हरिवनकै वडा नम्बर २ मा मदन योञ्जनले दावी गरेका छन् । स्थानीय तहको समस्या बुझेको र आफुले टिकट पाएमा जित्ने योञ्जनले बताएका छन् ।