काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भोलि स्वदेश फिर्ता हुनुहुने भएको छ । टर्कीको अंकारामा आयोजना हुने ‘इको क्लाईमेट समिट ’ मा सहभागी हुन जानुभएका अध्यक्ष नेपाल भोलि बिहान ९ बजे फर्कने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
कार्यक्रममा अध्यक्ष नेपालले जलवायु परिवर्तन, बाली चक्रमा आएको परिवर्तन, भूमिको उत्पादकत्वमा कमी, खाद्य सुरक्षा जोखिम, जनसङ्ख्याको विस्थापन, भोकमरी, बहिष्कार र शोषण लगायतका विषयलाई जोडका साथ उठाउनुभएको छ । विकासोन्मुख र जोखिममा रहेका देशहरूको अवस्था र समस्या समाधानका उपायबारेमा पनि आफ्नो धारणा राख्नुभएको थियो ।
स्वदेश फिर्ता हुने बित्तिकै पार्टीको कार्यक्रमका लागि उपत्यका बाहिर जाने पनि सचिवालयले जनाएको छ ।