काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल स्वदेश फिर्ता हुनुभएको छ । टर्कीको अंकारामा हुने ५ दिने इको क्लाईमेट समिटमा भाग लिन पुग्नुभएका उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो । पाँच दिनृ समिट भब्यताका साथ सम्पन्न भएको अध्यक्ष नेपालले बताउनुभएको छ ।
‘समिटमा विशेषगरी क्लाईमेट चेन्जका विषयमा कुरा भएको थियो, कार्यक्रमम राम्रो भयो, मैले पनि नेपालमा सहकार्य गर्न आग्रह गरेको छु’ अध्यक्ष नेपालले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले जलवायु परिवर्तन, बाली चक्रमा आएको परिवर्तन, भूमिको उत्पादकत्वमा कमी, खाद्य सुरक्षा जोखिम, जनसङ्ख्याको विस्थापन, भोकमरी, बहिष्कार र शोषण लगायतका विषयलाई जोडका साथ उठाउनुभएको छ । विकासोन्मुख र जोखिममा रहेका देशहरूको अवस्था र समस्या समाधानका उपायबारेमा पनि आफ्नो धारणा राख्नुभएको थियो । उक्त समिटमा कोलम्बियाको पूर्व राष्ट्रपति , मेसेडोनियाको पूर्व राष्ट्रपति, इन्डोनेशियाको पूर्व राष्ट्रपति तथा क्यानाडाको पूर्व उप प्रधानमन्त्री पनि सहभागी हुनुहुन्थ्यो ।