अध्यक्ष नेपालले मंगलबार कपिलवस्तुको चन्द्रौटामा सम्बोधन गर्ने

कपिलवस्तु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चैत्र २२ गते मंगलवार कपिलवस्तुको चन्द्रौटा आउनु हुनेभएको छ ।

नेकपा एकीकृत समाजवादी शिवराजले आयोजना गरेको अगुवा कार्यकर्ता भेला ,तथा पार्टी पवेश गराउन चन्द्रौटा आउन लाग्नु भएको नेकपा एकीकृत समाजवादी शिवराजका अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

मंगलबारको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का कार्यकर्ता मात्रै सहभागी गराउने गरी कार्यक्रम तय भएको र पूर्वी क्षेत्रमा पुन अर्को कार्यक्रम गर्ने नेकपा एकीकृत समाजवादी पार्टी कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us