काठमाडौं। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिवार भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
यसैगरी, भारतका प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभयाे ।