काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।
आज (शनिवार) कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेकाे हाे।
यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी हुन सफल भएकाे छ।
मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ।