काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टीजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३६० नमूनाको परीक्षण हुँदा शनिबार ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। संक्रिय संक्रमितको संख्या तीन अंकमा झरेको छ । देशभर हाल ९ हजार ४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा २ हजार ८३ जनाको पीसीआर र १ हजार २७७ जनाको एन्टीजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट १० जना र एन्टीजेन परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ।