नादः

मदन दुलाल

[ विषाद…. विस्मय…. चिच्याहट]

….. असह्य चित्कार
…… आर्तनाद

कोष्ठकमा हिंसा/प्रतिहिंसा

[ संक्षिप्त पूर्व कथा ]
————————————
निश्तब्ध अकाशगंगाबाट
[ निस्सार साररहित सन्नटा ] – को व्यप्तता चिर्दै

अचानक विस्फोटक आवाज आउँछ
र भन्छ
विद्रोह बोल् द्रौपदी ! बिद्रोह

किन गिडगिडाउँछेस्
मृत प्रायः
संवेदनाविहीन गिडहरूको सम्मुख हँ ?

तैँले छैन कदापि छैन गिडगिडाउनु-
यो बुझ्

उठ्,
जाग् र समा बन्दुक र भिर धारिला धार

बोल् विद्रोही आवाज
फूलनदेवीले जस्तै

अनि
छिनाइदे वीर्य मुछेल भद्दा लिङ्गादी सोचहरूको
ठाडो अक्करे अहङ्कार
———————————-
[ तप् ….तप्…. तप्
तप्कियोस् रक्त ….. ]

[ बुरुक्क बुरुक्क उफ्रियोस् गिड ]


छाओस् निस्तब्धता सम्पूर्ण सम्पूर्णमा

यो
ख्याल गर्

तमिस्रको प्रियतमा
[ भद्दा अन्धकार ]- हो*

[ रौरवमा रुरुको ताण्डव स्वीकार्य छ] – कृष्णे

स्वीकार्य छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us