२० चैत्र , काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच गएराति ४ वुदे सहमति भएसंगै आजदेखि इन्धन आपूर्ति सहज हुने भएको छ । पेट्रोलियम व्यवसायीले संघर्षका सवै कार्यक्रम फिर्ता लिएका छन् । वाह्य तथा आन्तरिक ढुवानी साधनको भाडा डिलेजको मुल्य अनुपातमा घटबढ हुनेगरि स्वचालित प्रणाली कायम हुनुपर्ने, इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागु गर्नुपर्ने भन्दै एलपीएलपी ग्यास तथा पेट्रोलियम व्यवसायीले शुक्रबार देखि नै ट्यांकरमा लोडिङ अनलोडिङ बन्द गरेका थिए ।
जसका कारण उपत्यकाका निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ता सरकारी पेट्रोल पम्पमा घण्टौ लाईन बस्न बाध्य भएका थिए । बजारमा खाना पकाउने एलपी ग्यासको पनि चरम अभाव भएको थियो । नेपाल आयल निगम र इन्धन व्यवसायीको गैर जिम्मेवारी पनले उपभोक्ताले निकै सास्ती बेहोर्नुपरेको भन्दै आलोचना भईरहेको छ ।
दुई सातादेखि आन्दोलनरत व्यवसायीले अत्यावश्यकीय वस्तुको ढुवानीमा अवरोध गरिरह“दा समेत समस्या समाधानका लागि निगमले समयमै पहल नगरेको भन्दै आलोचना भएको छ । व्यवासयीसंग सहमति भएपछि आजबाट आपूर्ति नियमित हुुने आयल निगमले जनाएको छ ।