२० चैत, दोलखा । नेकपा एकीकृत समाजवादी पार्टी कालिन्चोकले प्रथम पालिका अधिवेश सम्पन्न गरेको छ । पार्टीका पोलिट व्यूरो सदस्य शिवप्रसाद भण्डारीको उपस्थितिमा एकीकृत समाजवादी कालिन्चोकले प्रथम अधिवेश गरेको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, पार्टीका अनुशासन आयोग केन्द्रीय सदस्य दिनेश शिवाकोटी, युवा सघं केन्द्रीय कमिटी उपमहासचिव अशोक कुमार दाहाल, सचिव अमृत राउत, युवासघं केन्द्रीय कमिटी सचिवालय सदस्य आर्यान के.सी., बिगु गाउँपालिका ईन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश के.सी लगायतका उपस्थित रहेका थिए ।
त्यस्तै अधिवेशनमा कालिन्चोक गाउँपालिमा अध्यक्ष धनश्याम पाठक, जिल्ला कमिटी सदस्य डम्बर आचार्य, मदन शिवाकोटी, कृष्ण शिवाकोटी, गुरु खरेल, युवा सघं सह-अध्यक्ष रामहरि शिवाकोटी, अखिल नेपाल महिला संघकी अध्यक्ष तारा तमाङ, समाजसेवी रामकाजी कायस्थ लगायतका उपस्थित रहेका थिए ।
कार्यक्रममा नेकपा एमाले परित्याग गरि पुरानो नेता झलकबहादुर बुढाथोकी, डम्बरबहादुर आचार्य, शम्भु कार्की, कमलबहादुर ढुङ्गाना, तिर्थबहादुर शिवाकोटी, महल बहादुर आचार्य, बुद्धिमान थामि, कृष्णबहादुर थामिसहित १९ जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
अधिवेशनले डम्बर आचार्यको अध्यक्षतामा ४५ सदस्यीय कालिन्चोक गाउँ सगंठन कमिटी गरेको छ । साथै कालिन्चोक गाउँ सगंठन कमिटीको कार्यलय उद्धाटन पनि गरेको छ ।