दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिका १ को लकान्द्रास्थित एक घरमा सुतिरहेका आमा छोराको जलेर मृत्यु भएको छ।
शुक्रवार घरमा सुतिरहेको ४० वर्षीया हरिकला वादी र उहाँका छोरा १८ वर्षीय रमेश वादीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर साहका अनुसार घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। मृतकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ ।