कपिलवस्तुमा स्थानीय चुनाव जित्न सत्ता गठबन्धनको संयन्त्र

२० चैत, कपिलवस्तु । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दलबीच गठबन्धनका लागि पाँच दलीय संयन्त्र निर्माण गरिएको छ।

कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाँच दलका नेताहरुको बैठकले कांग्रेस जिल्ला सभापति अब्दुल कलाम खा अध्यक्षतामा ५ सदस्यीय संयन्त्र गठन गरिएको हो। सो संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र शाह, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लंकबहादुर हमाल र राष्ट्रिय जनमार्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य छन्।

जिल्लामा रहेका पाँच पार्टीको केन्द्रीय र जिल्ला स्तरीय नेता बैठकमा सहभागी थिए। केन्द्रीय कार्य समितिले गठबन्धका बिषयमा गरेका परिपत्र अनुसार संयन्त्र निर्माण गरिएको कांग्रेस जिल्ला अध्यक्ष तथा संयन्त्रका अध्यक्ष कलामले बताए।

जिल्लामा कुन दलका के हैसियत छ त्यसबारे सामान्य छलफल गरी वैशाख २१ गतेभित्र अध्ययन गरी बुझाउने निर्णय भएको कांग्रेस नेता एवं सासद अतहर कमालले बताए। वैशाख २१ गते दिउँसो ३ बजे संयन्त्रको अर्को बैठक बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us