२८.४० अंकले घट्यो नेप्से

काठमाडौं। मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.४० अंक घटेर २०१९ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । हिजो २ अर्ब ३३ करोडको कारोबार भएकोमा आज १ अर्ब ७३ करोडमा सीमित भयो ।

कुल २२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने २ को स्थिर रहृयो । बजारका सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ १३, विकास बैंक ६६, फाइनान्स ४८, होटल तथा पर्यटन ८४, जलविद्युत् ३८, जीवन बीमा १९६, उत्पादन ७३, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ११२, अन्य २६ र व्यापार उपसमूह ७७ अंक घटे ।

स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, सीईडीबी हाइड्रोपावर र सोल्टी होटल क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *